बढ्यो काँक्रोकाे मूल्य,कीलोकै १४० रुपैयाँ



काठमाडौं,माघ ५ । पछिल्लो एक सातामा काँक्रोकोे मूल्य २१ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साता अघि लोकल काँक्रोको मूल्य ११५ रुपैयाँ प्रतिकिलो औसतमा विक्री भएको थियो भने बिहीबार उक्त काँक्राको मूल्य १४० रुपैयाँ औसत पुगेको छ । यस्तै, हाइब्रिड काक्रो को मूल्य पनि २८ प्रतिशतले बढेको छ ।

गत साता हाइब्रिड काँक्रो को मूल्य ३५ रुपैयाँ थियो भने बिहीबार उक्त काँक्रो को मूल्य ४५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्