प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता



काठमाडौं,माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनी आइतबार बिहान ९ बजे युगान्डा भ्रमण सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उनी गत माघ ४ गते युगान्डाको कम्पाला गएका थिए । 

प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायत टोलीका सदस्यहरू थिए । 

प्रतिक्रिया दिनुहोस्