रूसी सेनामा थप एक नेपाली मारिए, मृत्यु हुनेमा रसुवाका मोक्तान



काठमाडौं,माघ ८ । रुसी सेनामा कार्यरत थप एकजना नेपाली युवकको निधन भएको छ। मृत्यु हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन् । यससंगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।

मोक्तानका आफन्तले दिएको जानकारी अनुसार गत भदौमा रोजगारीका लागि क्रोयसिया गएका उनी कार्तिक अन्तिममा क्रोयसियाबाट रुस जान लागेको खबर पठाएपछी हालसम्म सम्पर्कमा थिएनन्।

मोक्तानको २६ दिनअघि साथीले मृत्यु खबर दिएको र अहिले शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । मोक्तानले सशस्त्र द्वन्द ताका नेपाली सेनाको जागिर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्