रवि लामिछानेलाई ग्लोबल आइएमई बैंकले दिएको पत्रमा के छ ?



काठमाडाैँ,माघ ८ । विभिन्न सञ्चारमाध्यममा रास्वपाका सभापति रवि लामिछानेले ग्यालेग्सी टेलिभिजनको शेयर फिर्ता गर्दा ग्लोबल आइएमई बैंकको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरेको भन्ने समाचार गलत भएको बैंकले जनाएको छ । 

समाचार प्रकाशन भएपछि लामिछानेले बैंकमा आफ्नो खातामा जम्मा भएको रकमको भौचर र स्टेटमेन्टबारे जानकारी मागेका थिए। जवाफमा बैंकले रकम जम्माका लागि चेक डिपोजिट भएको तर चेकमा प्रयाप्त रकम नभएकाले चेक फिर्ता भएको पत्र दिएको साेमबार पत्रकार सम्मेलन गरेर लामिछानेले सार्वजनिक गरे।

बै‌क खातामा पैसा नभएकाेबारे विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराउँदा गराउँदै पनि नसुनिएकाे पत्रकार सम्मेलनमा लामिछानेले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्