इन्डियन आइडलमा मेनुका टप टेनमा प्रवेश



काठमाडौं,माघ ९ । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गरेकिछिन । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट १० मा पुगेकी हुन् । 

बटम थ्रीमा परेका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएका छन् । यससँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको हो ।

कार्यक्रममा शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाइटर’ प्रवर्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए। ऋतिक अभिनीत चलचित्रका गीत गाएर कार्यक्रम विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगानसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्