दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित



नयाँ दिल्ली (भारत),माघ १० । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मंगलवार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।

दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसैगरी  दिल्ली जाने २८ ओटा लामो दूरीका रेल पनि निर्धारित समयभन्दा ढिला शुरु गरिएको छ । 

भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मंगलवार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो ।

उत्तर रेलवेका अनुसार हावडा–नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर–नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ ओटा रेल २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए । 

विभागले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मंगलवार मानिस आगोको वरिपरि बसिरहेका देखिन्थे ।

विभागका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ । यसअघि सोमवार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा  कुहिरोले प्रभाव पारेको थियो ।

भारतका विभिन्न स्थानमा बाक्लो कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने  पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ । 

यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५०  मिटरको दृश्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्