जापान सरकारसँग ३१ अर्ब २ करोड सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं,माघ १०। मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट ३१ अर्ब २ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता गर्ने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  

कोटेश्‍वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करीब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले जनाएको छ ।

बैठकले यही माघ २२ गते ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्