जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते



पोखरा,माघ १० । कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेतिर मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नम्बरको जिप दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् ।

दूध बोक्ने सिङ्गल क्याब बोलेरो नियन्त्रण गुमाई सडकको दायाँतर्फ २० फिट तल खस्दा पोखरा–१८, ग्यारजातीका ४९ वर्षीय कृष्णबहादुर थापाको निधन भएको हो । गम्भीर घाइते थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते पोखरा–१८, ग्यारजातीका ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्