किलोमा २० रुपैयाँ घट्यो हरियो प्याजको मूल्य



काठमाडौं,माघ ११। पछिल्लो एक सातामा हरियो प्याजको आगमन ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा हरियो प्याजको आगमन ११५ प्रतिशतले बढेको हो ।

साताअघिसम्म ५०० किलोग्राम हरियो प्याज बजार भित्रिएको थियो भने बुधबार १ हजार ७५ किलोग्राम हरियो प्याज बजार भित्रिएको समितिले जनाएको छ ।

हरियो प्याजको आगमन बढेसँगै मूल्य घटेको छ । एक साताअघि हरियो प्याजको औसत मूल्य प्रतिकिलो ११६ रुपैयाँ तोकिँदा बुधबार सोही प्याजको औसत मूल्य किलोमा २० रुपैयाँले घटेर ९६ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्