कोशीमा एमालेकी कोइराला विजयी



विराटनगर,माघ ११ । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बनेकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित हासिल गरेकी हुन् । 

प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गरे । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो । 

कूल ९३ जना प्रदेश सभा सदस्य मध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गरे भने कार्कीले ४४ जनाको मत प्राप्त गरे । यद्यपि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्