नुवाकोट लिखुको क्षेत्रपाल माविलाई उत्कृष्ट बनाउने प्रतिबद्धता



नुवाकोट,माघ ११ । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको विद्यालयले माध्यमिक तहको अध्यापनका लागि स्वीकृत प्राप्त गरेको ५० वर्ष पूरा भएको छ । 

जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित क्षेत्रपाल माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेला तथा पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ । 

लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको र यसलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीेले आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट र नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।    

क्षेत्रपाल माविमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि क्षेत्रपाल मावि उत्कृष्ट बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्