पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने नुवाकोट लिखुका न्यौपाने पक्राउ



नुवाकोट,माघ १२ । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भइ तार्केश्वर नगरपालिका नेपालटार बस्ने वर्ष २४ का रोजिन न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेले निरज धमला सहित ७ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दश लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख बीस हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी बाह्र लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको आरोप उजुरीमा उल्लेख छ ।

न्यौपानेलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार ४ बजे काठमाण्डौंको माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्