तनहुँमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर बिरामी



तनहुँ,माघ १३ । तनहुँमा बङ्गुर तथा सुँगुरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फैलिन थालेको छ । रोग फैलिन थालेपछि जिल्लाका दुई नगरपालिकाले बङ्गुर तथा सुँगरको ओसारपसारमा प्रतिबन्ध लगाइएका छन् । भिमाद र भानुले प्रतिबन्ध लगाएका हुन् । 

बिरामी बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको पाइएकाले ओसारपसारमा प्रतिबन्ध लगाइएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए ।

स्वाइन फिवर नियन्त्रणका लागि सावधानी अपनाउन नगरवासीलाई आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्