गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना, कस्तो छ अबस्था ?



काठमाडौं,माघ १४ ।गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जान लागेको गाडी दुर्घटनामा परेको हो ।

दाङको लमही महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बा प्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

आइतबार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गैरहेको ट्रकले स्कर्पियोलाई ठक्कर दिएको थियो। गाडी दुर्घटनामा परेपनि गायिका रिमाल भने सकुशल रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्