सडक दुर्घटनामा एकको मृत्यु



अर्घाखाँची,माघ १४ । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धाराका रामबहादुर विश्वकर्माको सडक दुर्घटनामा मृत्यु भएको छ। 

विश्वकर्माको भारतको लखनउ शाहजहांपुरको थाना सेहरामउ दक्षिण अन्तर्गत बादशाह नगर चौराहमा टिपर र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो। 

मृतक विश्वकर्माको आइतबार आफ्नो घरमा ल्याइ दाहसंस्कार गरिएको उनको आफन्तले जानकारी दिए । मृतक विश्वकर्मा रोजगारीको क्रममा भारतको चिनी मिलमा काम गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्