फिल्म ‘नमेटिने घाउ’मा देखिँदै केपी ओली



काठमाडौं,माघ १५ । नेकपा एमालेका अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् ।

अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’को चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेका हुन् ।

चलचित्रको छायांकन फागुन दोस्रो हप्तादेखि शुरु हुने अभिनेता ढुङ्गानाले बताए । आइतबार ओलीको उपस्थितिमा काठमाडौंमा चलचित्रको शुभमुहूर्त पनि गरिएको थियो ।

एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर चलचित्र बन्न लागेको अभिनेता ढुङ्गानाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्