भुटानदेखि कतारसम्म पुग्छ नेपाली लेज, कुरमुरे र चिजबल, ६ महीनामा ८ करोडको निर्यात



काठमाडौं,माघ १६ । नेपालले चालू आर्थिक वर्षको ६ महीनामा ८ करोडभन्दा बढीको कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्ममा ८ करोड ३ लाख ४० हजार रुपैयाँको १ लाख ५३ हजार २९५ किलोग्राम कुरकुरे, कुरमुरे र चिजबल निर्यात गरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा २ करोड ७९ हजार ८६ हजार रुपैयाँ बराबरको ५० हजार १४४ किलोग्राम कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको सोही अवधिमा कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात मूल्यमा प्रतिशतले १८७ र परिमाणमा २०५ प्रतिशतले बढेको छ ।

नेपालले भुटान, इटाली, अस्ट्रेलिया, भारत, इजरायल, बहराइन, कुवेत, ओमान, संयुक्त अरब इमिरेट्स, कतार, सिङ्गापुर, न्युजिल्याण्ड, युनाइटेड किंगडम, क्यानडा, जर्मनी, फिनल्याण्ड, बेल्जियम, संयुक्त राज्य अमेरिका लगायतका देशमा कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्