नुवाकोट शिवपुरीमा एक युवा पहिरोमा मृत अवस्थामा भेटिए
नुवाकोट,माघ १६ । नुवाकोट शिवपुरीमा एक युवा पहिरोमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मुलावारी बस्ने ३७ वर्षिय सुमन खड्का घरनजिक रहेको पहिरोको बिच भागमा मृत अवस्थामा भेटिएका हुन् ।
शिवपुरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यरत रहेका खड्का आईतवार विहान आफ्नै घरदेखि करिब २०० मिटरको दुरीमा रहेको मुलाबारीको पहिरोको बिच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी शनिवार विहानैदेखि सम्पर्कमा थिएनन् ।