नुवाकोटमा भिरबाट लडेर एक जनाको ज्यान गयो



नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा आईतवार विहान भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नम्बर का ५६ वर्षिय देबिवहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनी वडा नम्बर ८ मै पर्ने चिसापानीको भीरमाबाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतक शुक्रवारदेखि नै सम्पर्कमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्