रुखले किचेर महिलाको मृत्यु



म्याग्दी,माघ १६ । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ ।

रघुगङ्गा गाउँपालिका-३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढाल्ने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । 

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्