बालिका बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौं,माघ १६ । १३ वर्षिय बालिका बलात्कारको आरोपमा खोटाङमा एक जना पक्राउ परेका छन् ।

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका सन्तोष मगरलाई बालिका बलात्कारको आरोपमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो । मगर वडा नं २ का पूर्व वडा अध्यक्ष अम्बर बहादुर आले मगरका छोरा हुन् । उनी हाल वडाको स्वास्थ्य चौकीमा कार्यरत छन् ।

मगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्