भ्रष्टाचार सूचकांक : यी हुन् कम भ्रष्टाचार हुने १० देश



काठमाडौं,माघ १७ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार भ्रष्टाचार अवधारणा सूचकांक २०२३ सार्वजनिक गरेको छ । सूचकांकअनुसार विश्वका १८० देशमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ, उसले १०० मा ९० अंक पाएको छ । 

कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचौं स्थानमा छन् । त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छैठौंबाट १० औं स्थानमा छन् ।

उक्त सूचकांकमा ० पाउनेले सबैभन्दा बढी भ्रष्ट र १०० अंक पाउनेले सबैभन्दा स्वच्छ रहेको देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्