तम्घासमा बाँदरले दुःख दिएपछि रुख कटान



तम्घास,माघ १७ । तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् । 

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिन ढुङ्गास्थित आर्दश बोडिङ स्कुलदेखि तिनधारा हुँदै वडा नम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

सुनसन बन्दै गएको गाउँबस्तीमा कुकाठ र झाँडीले ढाकेपछि किसानलाई बाली संरक्षण गर्न सकस भएका कारण रुख कटान गरेको स्थानीयहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्