पत्रकार पण्डित रहेनन्
काठमाडौं,माघ १७ । पत्रकार शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ ।
उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए ।
उपचारको क्रममा बुधबार विहान ललितपुरको मेडीसिटी अस्पतालमा उनको निधन भएको उनको दाजु श्रीकान्त पण्डितले बताए ।