निगमले बढायो पेट्रोलियम पदार्थको भाउ: खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि, अब कुनको कति पुग्यो ?



काठमाडौं,माघ १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिले आजै राती १२ गतेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।

निगमका अनुसार पेट्रोलको भाउ प्रति लिटर ४ रुपैयाँ, डिजेल/मट्टीतेलको प्रति लिटर २ रुपैयाँले बढाएको हो । यस्तै, खाना पकाउने एलपि ग्यासको भाउ पनि प्रति सिलिण्डर १५ रुपैयाँले बढाएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको भाउ क्रमश: ४ रुपैयाँ ५३ र २ रुपैयाँ ३२ पैसा र एलपि ग्यासको भाउ प्रति सिलिण्डर १५ रुपैयाँ ७८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्