‘एमालेले गरेको विकास रोक्न गठबन्धन बनाइयो’: केपी ओली



काठमाडौं,माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको आरोप लगाएका छन् ।

बुधबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको आरोप लगाएका हुन् ।

गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको भन्दै अध्यक्ष ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए । ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्