विश्वका उत्कृष्ट होटलको सूचीमा मुस्ताङको शिन्तामणि ! यस्ता छन् विशेषता



काठमाडौं,माघ १८ । मुस्ताङको जोमसोमस्थित शिन्तामणि सन् २०२४ मा विश्वका उत्कृष्ट र मनपराइएको होटलको सूचीमा परेको छ । 

नेसनल जियोग्राफिकले तयार पारेको विश्वका उत्कृष्ट र मनपराइएको होटलको सूचीमा नेपालको उक्त होटल परेको हो । उक्त सूचीमा नेपालको हिमाली क्षेत्रका होटलदेखि लन्डनको लक्सेस क्र्यास प्याडसम्म छन् । 

‘यस वर्ष बस्नका लागि हाम्रा मनपर्ने ठाउँहरूमा नेपालको हिमाली क्षेत्रको होटलदेखि लन्डनको लक्सेस क्र्यास प्याडसम्म छन्,’ ‘नेशनल जियोग्राफिक’को अनलाइन साइटमा उल्लेख छ । 

यो सूचीमा एसिया महादेशबाट शिन्तामणिसँगै तीनओटा होटल परेका छन् । उक्त सूचीमा एसियाबाट श्रीलंकाको कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लज छन् ।

उक्त सूचीमा नेसनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले तयार पारेको अनलाइन साइटमा उल्लेख छ । 

यस्ता छन् विशेषता ?

यो रिसोर्ट स्थानीय ढुंगा प्रयोग गरी परम्परागत किसिमको बनाइएको छ । यहाँ आउने पाहुनाले हिमालयन याक मोमोज (पकौडा) तथा तिब्बती थुक्पा (मासु तथा नुडलको सुप) लगायत परिकारको मज्जा लिन सक्छन् । 

यहाँबाट सदियौं पुरानो बौद्ध मठसम्म बाइक चलाउन वा अग्लो भागमा रहेको तालमा पदयात्रा गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्