अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं,माघ १८ । काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख थापालाई बिहीबार पक्राउ गरेको थियो ।

जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्