झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ



काठमाडौं,माघ १९ । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट ९ईडी० ले हिरासतमा लिएको छ । मुख्यमन्त्री सोरेन जग्गा घोटाला मामिलामा ईडीले हेमन्त सोरेनलाई पक्राउ गरेको हो ।

अनुसन्धान एजेन्सीले सोरेनलाई ७ घण्टाको सोधपुछपछि पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसपछि हेमन्तले राजभवनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । झारखण्ड मुक्तिमोर्चाका नेता चम्पाई सोरेन झारखण्डको अर्को मुख्यमन्त्री हुनेछिन् । महागठबन्धनमा सामेल जेएमएम, कांग्रेस र आरजेडीका विधायकहरूले उनलाई विधायक दलको नेताको रूपमा चयन गरेका थिए ।

हेमन्त सोरेनलाई बिहान १० बजे अदालतमा हाजिर गरिने भएको छ । यहाँ, हेमन्तले ईडी कार्यवाहीको विरुद्ध उच्च अदालतमा याचिका दायर गरेका छन् । आजै सुनुवाइ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्