विदुर मेयर कप फुटवल : सुर्यगढी सेमिफाईनल प्रवेश



नुवाकोट,माघ १८। सुर्यगढी गाउँपालिका बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा लिखु गाउँपालिकासँग १–१ गोलको वरावरी खेल्दै सुर्यगढी गाउँपालिका पहेँलो कार्डको आधारमा समुह ए को शीर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको हो ।

समुह ए मा रहेका सुर्यगढी, लिखु र तारकेश्वर गाउँपालिकाको समान २-२ अंक र गोल संख्या समेत वरावरी भएपछि कार्डको आधारमा सुर्यगढी गाउँपालिका अगाडी रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

आजको खेलको म्याद अफ दी म्याच सुर्यगढी गाउँपालिकाका गोलकिपर विक्रम गुरुङ घोषित भए । उनले नगद एक हजार रुपैयाँ हात पारे । यस्तै आजै भएको पहिलो खेलमा तारकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले गोलरहित वरावरी खेलेर अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्