भारतले ल्यायो २०२४/२५ का लागि बजेट, राहतको अपेक्षा विपरीत आएको बजेटमा नयाँ के छ ?



काठमाडौं,माघ १९ । भारत सरकारले आगामी आर्थिक वर्ष २०२४/२५ का लागि बजेट सार्वजनिक गरेको छ ।

भारतको केन्द्रीय वित्तमन्त्री निर्मला सितारमणले बिहीबार त्यहाँको संसदमा बजेट प्रस्तुत गरेकी हुन । खासगरी भारत सरकारले यसै वर्ष हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर यसपटक अन्तरिम बजेट ल्याएको छ । बजेटले विशेषगरी किसान, युवा, महिला र न्यून आय भएका लाई सम्बोधन गरेर बजेट ल्याइएको उनको भनाई छ ।

भारतीय अन्तरीम बजेटमा मेट्रो र नमो भारत ट्रेनको योजना राखिएको छ । नयाँ बजेटअनुसार नयाँ सहर र नयाँ क्षेत्रलाई मेट्रो रेलले जोडिनेछ । यसबाहेक नमो भारत ट्रेनको विस्तार गरिनेछ । यसैगरी बजेटले मध्यमवर्गीय यात्रामा पनि जोड दिएको छ ।

यस बजेटमा करदातालाई कुनै नयाँ छुट दिइएको छैन । अर्थात आयकर स्ल्याबमा कुनै परिवर्तन गरिएको छैन ।  स्टार्टअपलाई कर छुटको समय एक वर्ष थप गरिएको छ ।  थप मेडिकल कलेज स्थापना गर्ने समेत बजेटमा कार्यक्रम राखिएको छ । डीप टेक्नोलोजीलाई बलियो बनाइने पनि बताइएको छ । ‘रुफ टप सोलाराइजेसन’ को कार्यक्रम बजेटमा राखिएको छ, यसबाट एक करोड परिवारले ३ सय युनिट निःशुल्क विद्युत प्राप्त गर्न सक्नेछन ।

पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । यो बजेटबाट राहतको अपेक्षा गरेपनि विशेष कार्यक्रम तथा योजनाहरु नआउँदा जनता निराशा छाएको भारतीय संचारमाध्यमहरुले बताइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्