शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि राप्ती हाइड्रोले नियुक्त गर्यो विक्री प्रबन्धक
काठमाडौं,माघ १९ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको थियो ।
वार्षिक साधारण सभाले अन्तिम स्वीकृति प्रदान गरेसँगै कम्पनीले विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकको समन्वयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्ने कार्यलाई कम्पनीले अब अघि बढाउनेछ ।