तीन दिने चरा उत्सव कार्यक्रम हुने
नवलपुर,माघ १९ । नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ ।
कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो ।
कावासोतीलाई चरा पर्यटनको रुपमा विकास गर्न तथा चराहरुको संरक्षण र सचेतनामा जोड दिन उत्सव गर्न लागिएको आयोजक संस्था पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।