धनकुटाका कृषक कार्कीले फलाए १० किलोको मूला



धनकुटा,माघ १९ । धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाएका छन् । मूला सो परिमाणमा फलाए पनि बिक्री नहुँदा भने ऊनी दुखी भएका छन् ।

मूला राम्रो उत्पादन भए पनि विक्री नभएको उनको भनाइ छ । ब्यापारीले मुला प्रतिकिलो ५ रुपियाँभन्दा बढी नहाल्ने गरेको कार्कीले बताए । मुलाखेतीमा लगानी समेत नउठ्ने उनको भनाइ छ । “मेरो टनेलमा एउटै १० किलोसम्मको मुला फल्यो यसमा हाम्रो धेरै मिहिनेत र परिश्रम भयो । तर बिक्री हुँदैन यो कुरा कसले बुझिदिने हो ?” कार्कीले भने । मुला बिक्री नहुँदा त्यतिकै खेर गएको उनले गुनासो गरे ।  

धनकुटाकै छथर जोरपाटी क्षेत्रमा पनि मुलाको अत्यधिक खेती हुनेगरेको छ ।  मुलाको स्थिर मूल्य नहुँदा पछिल्लो समय कृषकले मुलाखेती गर्न छाडेका छन् । मुलाले लगानीसमेत नउठाएको कृषकको गुनासो छ । लगानी नउठेपछि यसको खेती गर्न छाडेर अन्य खेतीतर्फ लागेको छथर जोरपाटी गाउँपालिका –१ का कृषक इन्द्र सारु मगरले बताए । 

प्रतिक्रिया दिनुहोस्