एक हजारभन्दा बढीको मिर्गौला प्रत्यारोपण



काठमाडौं,माघ २० । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्मचारीहरूको अथक मेहनतले केन्द्र स्थापना भएको ११ वर्षको अवधिमा सो सङ्ख्यामा मिर्गौला प्रत्यारोपण सम्भव भएको जानकारी दिए । 

उनले नेपालमा धर्मभक्त प्रत्यारोपण केन्द्रले ८० प्रतिशत हिस्सा प्रत्यारोपणको क्षेत्रमा ओगटेको बताए । डा. श्रेष्ठका अनुसार केन्द्रमा ९९ प्रतिशत प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोपण गरेको छ । उहाँले आगामी साता थप दुई जनाको कलेजो प्रत्यारोपण गर्ने तयारीमा केन्द्र रहेको जानकारी दिए । 

उनले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण केन्द्रमै भएको बताए । केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको हो । यसअघि नेपालबाट मिर्गौला प्रत्यारोपणका लागि भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका देशमा गएर मिर्गौला प्रत्यारोपण गर्ने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्