विमानस्थलका प्रहरी प्रमुखले दिए राजीनामा



काठमाडौं,माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाटै राजीनामा दिएका छन् । व्यक्तिगत कारणले आफूले शुक्रबार नै पदबाट राजीनामा दिएको चन्दले जानकारी दिएका छन् ।

“व्यक्तिगत कारणले हिजो नै प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएको छु”उनले भने। गत माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो। उक्त घटना भएका दिन डीआईजी चन्दमा बिदामा थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ । चन्दले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ।

प्रतिक्रिया दिनुहोस्