विदुर मेयर कपको फाइनल खेलमा रेफ्री श्रेष्ठ माथि हातपात



नुवाकोट,माघ २१ । विदुर मेयर कपको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठ माथि हातपात भएको छ ।

फाइनल खेल अन्तर्गत म्यागङ र विदुरबीचको खेल समयपछि रेफ्री विज्ञान श्रेष्ठ माथी हातपात भएको हो ।

विदुर नगरपालिकाका खेलाडिहरुले रेफ्रीमाथि हात हालेका हुन् । विवादपछि खेलमैदानमा प्रहरीको उपस्थिति गराइएको थियोे ।

घटनाको निष्पक्ष छानबिनका लागि नुवाकोट फुटबल संघ संग खेलाडीहरुले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्