वीरगञ्जका धार्मिक स्थल र शिक्षण संस्थाका सटरमा मदिरा र सुर्तीजन्य पदार्थ विक्री प्रतिबन्ध



वीरगञ्ज,माघ २२ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका धार्मिक स्थल र शिक्षण सस्ंथाका सटरमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न रोक लगाएको छ । 

महानगरका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा आइतवार बसेको बजार अनुगमन समितिको बैठकले वीरगञ्जका मन्दिर, मस्जिद, स्कुल र कलेजका भवन र जग्गामा बनाइएका सटरमा मदिरा र सुर्तीजन्य पदार्थको विक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

मन्दिर मस्जिदजस्ता धार्मिक स्थल र स्कुल कलेजका भवनमा व्यापारिक प्रयोजनका लागि निर्माण भएका सटरमा यस्ता वस्तुको कारोबारमा रोक लगाइएको बैठकमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष अध्यक्ष हरि पन्तले जानकारी दिए । 

संघीय स्वास्थ ऐनमा भएको धार्मिक स्थलको ५०० मिटर वरिपरि यस्ता वस्तु बेच्न नपाइने व्यवस्था छ । महानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन तीव्र बनाउने, अनुगमनको क्रममा दिइएको निर्देशनको पालन भए/नभएको जाँच गर्ने, निष्क्रिय सहकारीलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय पनि भएको उपप्रमुख आलमले बताए । 

प्रतिक्रिया दिनुहोस्