इस्कुसको मूल्य घट्यो



काठमाडौं,माघ २२ । पछिल्लो एक सातामा कालीमाटी बजारमा इस्कुसको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा इस्कुसको आगमन ५४५ प्रतिशतले बढेको छ ।

समितिका अनुसार माघ १३ मा १ हजार २०० किलोग्राम इस्कुस बजार भित्रिएको थियो भने आज ७ हजार ७५० किलोग्राम इस्कुस भित्रिएको छ ।

इस्कुसको आगमन बढेपछि मूल्य भने १८ प्रतिशतले घटेको छ । गत साता प्रतिकिलो औसत ५५ रुपैयाँमा विक्री भएको इस्कुस आज किलोको ४५ रुपैयाँमा किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्