नुवाकोट फुटबल संघले गर्यो ६ जना खेलाडीलाई कारबाही



नुवाकोट,माघ २२ । विदुर मेयर कपको आइतबार भएको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठ माथि हातपात गर्ने ६ जना खेलाडीलाई नुवाकोट फुटबल संघले कारबाही गरेको छ।

सोमबार संघले प्रेश विज्ञप्ती जारी गर्दै निर्णायकहरु माथि हातपात तथा अभद्र व्यवहार गर्ने खेलाडीलाई फुटबल संघको आयोजनामा हुने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्टि तथा अन्य गतिविधिमा १८ महिनासम्म प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

कारबाहीमा पर्ने खेलाडीहरुमा बिकास लामिछाने, सन्तोष भुजेल, निराजन थापामगर, मनिष प्याकुरेल, राजाराम चित्रकार र प्रवेश श्रेष्ठ रहेका छन् ।

फाइनल खेल अन्तर्गत आइतबार म्यागाङ र विदुर बीचको खेल समयपछि रेफ्री श्रेष्ठ माथि हातपात भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्