आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छ : नेता कोइराला



बिर्तामोड,माघ २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लैले लड्ने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन् । 

महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वभाविक भए पनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले बैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उनले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्