नुवाकोट पञ्चकन्याका एक युवा जापानमा मृत भेटिए
नुवाकोट,माघ २३। नुवाकोट पञ्चकन्याका एक युवा जापानमा मृत भेटिएका छन् ।
जापानको नागोयाको फुजिओका बस्दै आएका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अनुज कार्की शुक्रबार बिहान स्थानीय पार्कमा मृत भेटिएको पारिवारिक श्रोतले बताएको छ।
कार्की चार वर्षअघि जापान गएका थिए । उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए ।
अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।