एक महीनामै २४६ प्रतिशतले बढ्यो हरियो फर्सीको मूल्य



काठमाडौं,माघ २३। पछिल्लो एक महीनामा हरियो फर्सीको मूल्य ह्वात्तै बढेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाको अवधिमा हरिसो फर्सी लाम्चो २४६ प्रतिशतले बढेको छ भने हरियो फर्सी डल्लेकाे भाउ १४७ प्रतिशतले बढेको छ ।

समितिका अनुसार गत पुस २२ गते लाम्चो फर्सीको औसत मूल्य किलोको २५ रुपैयाँ रहेकोमा माघ २२ गते किलोको ८६ रुपैयाँ पुगेको छ । यस्तै डल्ले फर्सी पुस २२ गते किलोको ३५ रुपैयाँ रहेकोमा आज प्रतिकिलो ८६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्