टोखा-छहरे अन्तर्गत जगात बसपार्कबाट हराएको बस भक्तपुरमा भेटियो
काठमाडौं,माघ २३ । टोखा-छहरे अन्तर्गत जगात बसपार्कबाट हराएको बा.३ ख ६२३१ नम्बरको सामाखुसी यातायातको बस भक्तपुरमा फेला परेको छ।
टोखा स्थित झोर नजिकै जगात बसपार्कमा पार्किङ गरिराखेको बस आइतबार रातिदेखि हराइरहेको थियोे । प्रहरीको समन्वय र विभिन्न ठाउँको सीसीटिभीको सहयोगमा हराइरहेको बस भक्तपुरस्थित बालकुमारीमा फेला परेको सामाखुसी यातायातका फिल्ड इन्चार्ज सिताराम काफ्लेले बताए ।
गाडी चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इन्चार्ज काफ्लेले बताए ।