संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा



काठमाडौं,माघ २४ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् ।

राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ ।

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्