आगलागीमा परी दुई बालबालिकाको मृत्यु



अछाम,माघ २४ । गोठभित्रमा सल्किएको आगोमा परेर अछामको मेल्लेख गाउँपालिकामा दुई बालबालिकाको जलेर बुधबार बेलुकी निधन भएको छ । मेल्लेख गाउँपालिका दर्वा निवासी छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको निधन भएको हो । 

मृत्यु हुनेमा झंकरे बुढाकी नातिनी र जगत बुढाका छोरा भएको अछाम प्रहरीका निरीक्षक राजेन्द्रबहादुर साउदले जानकारी दिए । बेलुकी करिब ६ः१० बजेतिर स्थानीय जयबहादुर बुढा र झंकरे बुढाको घरगोठको ढोकामा बालेको आगो गोठमा राखेको खरमा सल्किएर आगो लागेको थियो । 

घरमा आगो लागेर आफूले दुई जना बच्चाको मृत्यु भएको सुनेको तर बिरामी भएर आफूले त्यस घटनाका बारेमा थप जानकारी नपाएको वडा अध्यक्ष नौले रावलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्