सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,माघ २५ । बिहीबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।

साताको पाँचौ कारोबार दिन सुनको भाउ १ लख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । तर, बुधवार भने १ लाख १८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बुधवार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेको हो । आजका लागि भने महासंघले १ हजार ३७० रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्