अपहरण र धम्कीमा संलग्न नुवाकोट शिवपुरी र ककनीका दुई युवा पक्राउ
नुवाकोट,माघ २५ । अपहरण र धम्कीमा संलग्न नुवाकोट शिवपुरी र ककनीका दुई युवा पक्राउ परेका छन् । एक व्यक्तिलाई गाडीसहित अपहरण गरी बन्धक बनाउने घटनामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । ककनीका एक व्यक्तिलाई अपहरण गरी फिरौती रकम माग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं. ४ का ३० वर्षिय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका वडा नं. ८ का २४ वर्षिय रामचन्द्र तामाङ रहेका छन् । उनीहरुले माघ २२ गते राती १० बजेको समयमा ककनी गाउँपालिका वडा नं. ४ का सुर्यबहादुर तामाङलाई गाडीसहित अपहरण गरेका थिए । उनीहरुले तामाङसहितको निजी सवारी साधन अपहरण गरी ज्यान मार्ने धम्की दिई फिरौती रकम माग गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार विरामी बोक्नको लागि भन्दै पीडित तामाङले प्रयोग गर्दै आएको वा ६ ज ७७७९ नम्वरको सुजुकीअल्टो गाडी रोकी दुई अपरिचित व्यक्तिले गाडीसहित तामाङलाई जिल्लाको पञ्चकन्या गाउँपालिकामा पुर्याएर ठूलो रकम फिरौती माग गरेको प्रहरीले जनाएको छ ।
माग गरेको रकम मध्ये पीडित सुर्यबहादुरले ७ लाख रुपैयाँ दिने सहमति गरेकोमा रकम लिन नुवाकोट आउन लागेका दुई युवालाई काठमाडौं प्रहहीको सहयोगमा माछापोखरीबाट उनी समातिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीले सोही दिन माघ २३ गते सुर्यबहादुर तामाङलाई पनि अपहरणमुक्त गरेको थियो ।
महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा माग गरिएको रकम लिन नुवाकोट आउन लागेको अवस्थामा माघ २३ गते काठमाडौं माछापोखरीबाट पक्राउ उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेको उनीहरुलाई बुधवार माघ २४ गते जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको को खोजीकार्य जारी रहेको छ ।