सोनाम ल्होछारको अवसरमा नुवाकोट पञ्चकन्या गाउँपालिकामा २६ र २७ गते सार्वजनिक विदा
नुवाकोट,माघ २५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ ।
बिहीबार एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले तामाङ जातिको महान धार्मिक पर्वको अवसरमा माघ २६ र २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
सूचनामा भनिएको छ-‘२८६० औ डुक ल्हो(गरुड) सोनाम ल्होछारको अवसरमा मिति २०८०/१०/२४ को कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकामा दुइ दिन सार्वजनिक बिदा दिइएको छ ।’