केपी ओलीको गलामा १०१ किलोको माला

रौतहट,माघ २५ । रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ ।
नेकपा एमालेको रौतहटको १० औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो।
गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ ।